Below Menu
Below Menu

६० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  

६० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ६० करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ६० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ४८ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ९ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा तीन करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी असार ३० गते दिउँसो १ः३० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार