Below Menu
Below Menu

एघार महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ६० अर्ब २४ करोड ! 

एघार महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ६० अर्ब २४ करोड ! 

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ५३ अर्ब ९७ करोड, विकास बैंकहरुको नाफा पाँच अर्ब ४६ करोड र फाइनान्सहरुको नाफा ८० करोड रुपैयाँ रहेको छ ।

वाणिज्य बैंकको नाफा

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये जेठ मसान्तसम्म दुई बैंकहरुले सर्वाधिक नाफा कमाएका छन् । सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक र ग्लोबल आईएमई रहेका छन् ।

सार्वजनिक तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म बैंकले छ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ भने ग्लोेबल आईएमईले यस अवधिमा छ अर्ब तीन करोड ६४ लाख नाफा कमाएको छ । 

जेठ मसान्तसम्म भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पाँच अर्ब ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै नेपाल बैंकले तीन अर्ब २८ करोड ८७ लाख, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ७७ करोड चार लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टडर्ड बैंकले दुई अर्ब ७२ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै हिमालयन बैंकले ९० करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा नेपाल एसबिआईले एक अर्ब ५४ करोड ९२ लाख रुपैयाँ र एभरेष्ट बैंकले चालु आवको ११ महिनामा चार अर्ब २४ करोड छ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म एनआईसी एशियाले ८२ करोड ९७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले एक अर्ब ५० करोड ९२ लाख र कुमारी बैंकले ३७ करोड १० लाख र लक्ष्मी सनराइजले दुई अर्ब ५७ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी यस अवधिमा सिद्धार्थ बैंकले दुई अर्ब २१ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ भने कृषि विकास बैंकले एक खर्ब ८१ करोड ९३ लाख रुपैयाँ र सिटिजन इन्टरनेशनल बैंकले एक अर्ब ४१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । 

चालु आवको ११ महिनामा प्राइम कमर्सियलले दुई अर्ब ९० करोड ५० लाख, एनएमबि बैंकले तीन अर्ब तीन करोड ११ लाख, प्रभु बैंकले दुई अर्ब ३१ करोड २० लाख र सानिमा बैंकले दुई  अर्ब १५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

विकास बैंकहरुको नाफा 

चालु आर्थिक वर्षको ११ महिनामा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोहि अबधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार भएको पाइएको हो ।

गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । त्यसकारण यसवर्षको नाफा गत आबको सोहि अबधिको तुलानामा १३.८१ प्रतिशत धेरै हो ।

सबैभन्दा बढी नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बन्न सफल भएको छ ।

त्यस्तै, गरिमा विकास बैंकले १ अर्ब १ करोड, शाइन रेसुङ्खा डेभलपमेन्ट बैंकले ७३ करोड ८८ लाख, कामना सेवा विकास बैंकले ६६ करोड ९३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५६ करोड २९ लाख, महालक्ष्मी विकास बैंकले ५३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

ज्योति विकास बैंकले ४३ करोड ६४ लाख, लुम्बिनी विकास बैंकले २१ करोड ७३ लाख, मितेरी डेभलपमेन्ट बैंकले ११ करोड ३५ लाख, सिन्धु विकास बैंकले ८ करोड ६ लाख, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ७५ लाख, र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

सबैभन्दा बढी घाटा बेर्होनेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकले ७ करोड १३ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकले ७ करोड ५ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ६४ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

Advertisment