Below Menu
Below Menu

एशियन लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा हेम बहादुर कार्की

एशियन लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा हेम बहादुर कार्की

काठमाडौं : एशियन लाईफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा हेम बहादुर कार्की मनोनित भएका छन्। कम्पनीको १७ औँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा मोनोनित गर्ने निर्णय गरेको हो।

कम्पनीको १७औं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल इच्छामा आज सम्पन्न भएको हो। साधारण सभाले संस्थापक शेयरधनी ‘समूह क’बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान  र अच्युतराज सापकोटा तथा सर्वसाधारण शेयरधनी ‘समूह ख’ बाट शौरभ रुंगटा र शिला राजभण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको थियो।

साधारण सभाबाट निर्वाचित नयाँ सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा दिपक कुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको थियो । सो बैठकले सञ्चालक समितिको स्वतन्त्र सञ्चालक पदमा हेम बहादुर कार्कीलाई मनोनित गर्ने निर्णय समेत गरेको हो।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.३६८४ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश रहेको छ।

कार्की जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था, काठमाडौंका अध्यक्ष हुन् । यसका साथै उनी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमी प्रोस्कून)का समेत सञ्चालक हुन् ।

Advertisment