काठमाडौं : एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १७औं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल इच्छामा आज सम्पन्न भएको छ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.३६८४ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश रहेको छ।
साधारण सभाले संस्थापक शेयरधनी ‘समूह क’बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान र अच्युतराज सापकोटा निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनी ‘समूह ख’ बाट शौरभ रुंगटा र शिला राजभण्डारी सर्वसम्मत रुपमा चयन भएका छन् ।
साधारण सभाबाट निर्वाचित नयाँ सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा दिपक कुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ। साथै सोही बैठकले स्वतन्त्र सञ्चालक पदमा हेम बहादुर कार्कीलाई मनोनित गर्ने निर्णय गरेको छ।