काठमाडौं : सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई तोकेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो । पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका छन् ।
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वतस् निलम्बन भएका थिए ।
यसैबीच छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझेका छन्।
Advertisment