काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।
बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १४ बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै चार बैंकहरुले ब्याजदर यथावत राखेका छन् भने असार महिनाको तुलनामा साउनका लागि दुई बैंकहरुको ब्याजदर बढेको छ ।
साउनका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.६९७५ प्रतिशत रहेको छ । असारमा यस्तो ब्याजदर औषत ५.९०२ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.२०४५ बिन्दुले घटेको छ ।
त्यस्तै संस्थागतर्फ साउनका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.११ प्रतिशत विन्दुमा झरेको छ । असारमा यस्तो ब्याजदर ४.३७ प्रतिशत रहेको थियो । संस्थागत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२६ प्रतिशत बिन्दुले घटेको हो ।
साउनका लागि माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई सिद्धार्थ बैंक र एनएमबी बैंकहरुले ब्याजदर यथावत राखेका छन् भने स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले ब्याजदर बढाएका छन् ।
कृषि विकास बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.०५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.४प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै कुमारीले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.१ प्रतिशतले घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६१ प्रतिशत र संस्थागत तर्फ ४.०१ प्रतिशत ब्याज दिने भएको छ ।
साउनका लागि एनएमबी बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएका छन् भने । एभरेष्ट बैंक र एनआईसी एशियाले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ३.१ प्रतिशत ब्याज दिने भएको छ । असारका महिनाका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ भने नेपाल बैंकले व्यक्तिगत तर्फ ५.४ प्रतिशत र संस्थागत तर्फ ३.७५ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.१८ प्रतिशत र संस्थागत तर्फ ४.प्रतिशत ब्याज दिने भएको छ भने राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।
सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ । नबिल बैंकले साउनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ ।
प्रकाशित नयाँ ब्याजदर अनुसार लागि सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत ब्याज दिने भएको छ भने र नेपाल एसबीआई बैंकल व्यक्तिगत मुद्दती निक्षेपमा ५.३५ प्रतिशत र संस्थागत तर्फ ४.३५ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको भने साउनका लागि ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ भने र लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ ।
Advertisment