Below Menu
Below Menu

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन 

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले १० वर्षे अवधिको ७।२५ प्रतिशत ब्याजदरको  ‘एसबिएल डिबेञ्चर २०९१’निष्काशन गरेको हो। 

बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात एक अर्ब रुपैयाँ बराबरको १० लाख ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ । 

बैंकले सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। 

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वा र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। 

Advertisment

थप समाचार