Below Menu
Below Menu

नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छः मन्त्री पाण्डे

नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छः मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविध जातजाति, भाषा, भेषभूषा, परम्परा र संस्कारले भरिएको देश भएकाले यसलाई सांस्कृतिक अध्ययनको अद्वितीय सङ्ग्रहालयको  विकास गर्नुपर्ने बताएका छन् । 

गायक अरुण थापामगरको २६औँ स्मृति दिवसको अवसरमा नेपाल मगर विद्यार्थी सङ्घ केन्द्रीय समितिले आज ‘स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम’मा मन्त्री पाण्डेले नेपाल आफैँमा जीवित सांस्कृतिक सङ्ग्रहालय रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन पनि हाम्रै दायित्व भएको बताए । समुदायस्तरमा सञ्चालन हुने यस्ता सांस्कृतिक कार्यक्रमले नेपालीपनको भावनालाई थप सुदृढ बनाउने उनले धारणा व्यक्त गरे।

सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर थापाले मगर समुदायको सांस्कृतिक चेतना अभिवृद्धिमा सङ्घ क्रियाशील रहँदै आएको जानकारी दिए । साथै, स्व  थापामगरले मगर समुदाय मात्र नभई सम्पूर्ण नेपाली सङ्गीत क्षेत्रमै पु¥याएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै उनको स्मृति भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताए । 

कार्यक्रममा विभिन्न साहित्य, सङ्गीत, नृत्य र कला क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई ‘स्रष्टा सम्मान’ प्रदान गरिएको थियो । साथै, मगर समुदायको मौलिक नृत्य, गीत र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । 

Advertisment

थप समाचार