काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज बजारमा २० अर्ब आठ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७१ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ट्रेड टावर र सान्भि इनर्जी कम्पनी रहेका छन । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज लुम्बिनी डिबेञ्चरको शेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ ।
Advertisment