Below Menu
Below Menu

ब्याज आम्दानी घट्दा निफ्राको नाफामा असर, वितरणयोग्य मुनाफामा भने वृद्धि

ब्याज आम्दानी घट्दा निफ्राको नाफामा असर, वितरणयोग्य मुनाफामा भने वृद्धि

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंक यस अवधिमा एक अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशत कम हो। अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा पनि घटेको हो । यसका साथै अघिल्लो वर्ष घ१ करोड ८ लाख रुपैयाँ रहेको बैंकको सम्भावित लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) यस अवधिमा आइपुग्दा ४ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको । 

अघिल्लो वर्ष दुई अर्ब ५५ करोड चार लाखद रुपैयाँ रहेकको बैंकको खुद ब्याज आम्दानी २५.५१ प्रतिशत घटेर एक र्ब ८९ करोड ९८ लाख रुपैयाँमा झरेको छ । त्यस्तै बैंकको भने खुद फि तथा कमिशन आम्दानी ७९.७३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २५.०३ प्रतिशत र सञ्चालन मुनाफा १३.६९ प्रतिशत घटेको छ।

असार मसान्तसम्म आइइपुग्दा नाफा घटेपनि बैंकको वितरणयोग्य मुनाफा भने बढेको छ। यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि घटेको छ। असार मसान्तसम्म आइपुग्दा बैंकको इपीएस ०.८६ रुपैयाँ घटेर ५.३० रुपैयाँमा सीमित भएको छ। त्यस्तै यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा रहेको छ।

असार मसान्तसम्म २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ।
 

Advertisment

थप समाचार