काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५२ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढे पनि कारोबार रकममा भने समान्य गिरावट देखिएको छ । आज बजारमा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा २० अर्ब आठ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ट्रेड टावर र सान्भि इनर्जी कम्पनी रहेका छन । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ ।
Advertisment