Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, १८ अर्ब ४९ करोडमा समेटियो कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, १८ अर्ब ४९ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२७ कम्पनीको शेयरमूल्य घटेको छ । शेयर बजार बढे पनि कारोबार रकममा भने समान्य गिरावट देखिएको छ । आज बजारमा १८ अर्ब ४९ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबबार नेप्सेमा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ग्रीन भेञ्चरर्स, ट्रेड टावर र सान्भि इनर्जी कम्पनी रहेका छन । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मञ्जुश्री फाइनान्स डिबेञ्चरको शेयरमूल्य ४.२२ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार