Below Menu
Below Menu

सोमबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

सोमबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १० रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले पाँच अर्ब २५ रुपैयाँ बराबरको २८ दिने र पाँच अर्ब २५ रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो छ । २८ दिने ट्रेजरी बिल भदौं १० गते र ९१ दिने ट्रेजरी बिल माघ १३ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले साउन १२ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । 
कार्यालयले यसअघि साउन ४ गते पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार