Below Menu
Below Menu

एमबैंकको एक दशक: चुनौतीहरुलाई अवसरमा बदल्दै दुरगामी सहयात्रामा

एमबैंकको एक दशक: चुनौतीहरुलाई अवसरमा बदल्दै दुरगामी सहयात्रामा

काठमाडौं : मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म कम्पनी एमबैंक ११औं वर्षमा प्रवेश गरेको छ । एक दशक यात्रामा सहकारी क्षेत्रको प्रविधिकरणको प्रयासलाई रेभोलुशनाइज गर्न कम्पनी सफल भएको छ।

कम्पनीले १० औं वार्षिकोत्सव सम्मको यात्रालाई माइलस्टोनको संज्ञा दिदैं सेवाग्राही एवम् सरोकारवालाहरुप्रति कृतज्ञता व्यक्त गरेको छ । कम्पनीले भविष्यको दुरगामी सहयात्रामा सबैको साथ, सहयोग र समन्वय प्राप्त हुने विश्वास समेत व्यक्त गरेको एम बैंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले जानकारी दिए ।

दशक लामो माइलस्टोन केवल शुरुवात मात्र भएको भन्दै महासेठले अझै लामो यात्रा गर्नुपर्नेमा जोड दिएका छन् । ‘यो १० वर्षको माइलस्टोन अन्त्य होइन, नयाँ शुरुवात हो । हामी अझै बलियो, बुद्धिमान र प्रतिबद्ध बनेको छौं जसले थप मुल्य, उद्देश्यहरुसँग संस्थागत वृद्धि जोड्दै सकारात्मक असर ल्याउने विश्वास गर्न सकिन्छ’, उनले भने ।

शुरुवाती दिनको संघर्ष र रोमाञ्चकता स्मरण गर्दै यो यात्रा सपनाको रुपमा शुरु भएको समेत बताए । ‘आशा र आँट मिसिएको एउटा विचार थियो । सपना थियो । तर, त्यो सपना र विचारले आज यो आकार ग्रहण गर्छ भन्ने मैले कहिल्यै सोचेको पनि थिइनँ’, उनले भने, ‘यो यात्रा पक्कै सफल थिएन । सफलताको लागि कडा परिश्रम र मिहेनत माग गर्ने जुनसुकै व्यवसाय जस्तै एमबैंकको पनि यो दशक लामो यात्रा पक्कै सहज थिएन । महिनौंका आशंकाहरु थिए । अनिदो रातहरु थिए । जोखिमहरु थिए । आरोह अवरोहरु थिए जसले मलाई एक किसिमको भय र त्रास पनि मनमा नजगाएको होइन । तर, आँटेको कामलाई फत्ते गरेरै छोड्ने तीब्र लगाव र धैर्यताले हामीलाई अघि बढाइरह्यो । मानिसहरुले हामीलाई विश्वास गर्नुभयो । त्यसैकारण हाम्रो मिहेनत र मानिसहरुको विश्वासले हामीले यहाँसम्मको यात्रा तय गर्न सक्षम भएका छौं ।’

टीम कम्पनीको आत्मा रहेको बताउँदै महासेठले अनिश्चितताको कालो बादल मडारिरहँदा पनि हाम्रो परिकल्पनालाई विश्वास गर्ने टीमप्रति कृतज्ञता व्यक्त गर्दछु । चुनौतीहरुलाई अवसरमा बदल्दै आजको अवस्थामा कम्पनी आइपुग्न सफल भएको उनले बताए।

एमबैंकमार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्सफर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्न, डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको बिल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अरु विभिन्न सेवाहरु सहजै लिन सक्नेछन् ।

Advertisment

थप समाचार