काठमाडौं : एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
उक्त आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंककोऋण लगानी रु.४६ करोड ३३ लाख २५ हजार रहनेछ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लि. लाई आग्रह गरेको उक्त कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गरेकाेमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
साथै, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरेका छन्। यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढउनेप्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा माछापुच्छ्रे गाउँपालिकामा प्रबद्र्वित ४ मेगावाट क्षमता रहेकोसार्दी खोला जलविद्युत आयोजनाले वि.स. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भई रहेको र उक्त आयोजनामा समेत एनएमबि बैंककोअगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।
Advertisment