काठमाडौं : कुमारी बैंक कोष प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सुनौलो लगानी योजना’को लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८/८२ को नाफाबाट करसहित ८.८८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १२ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।
कुमारी सुनौलो लगानी योजनाका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २७ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।
Advertisment