काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२६ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सान्भि इनर्जी कम्पनी रहेका छन । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज ग्रीन डेभलपमेन्ट बैैंकको शेयरमूल्य ८.०४ प्रतिशतले घटेको छ ।
Advertisment