Below Menu
Below Menu

भदौ ३ गतेदेखि हकप्रद जारी गर्दै खानीखोला हाइड्रोपावर

भदौ ३ गतेदेखि हकप्रद जारी गर्दै खानीखोला हाइड्रोपावर

काठमाडौं : खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री भएको छ । कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँ रहेको छ । हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा भदौ ३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री गर्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार २७ गते बुकक्लोज गरेको थियो । असार २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार