काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत दुई अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले दुई अर्ब रुपैयाँ बराबरको ३६४दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो छ । उक्त ट्रेजरी बिल २०८३ साउन १९ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले साउन १२ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि साउन ११ गते १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment