Below Menu
Below Menu

तीन अर्ब ७७ करोडको हकप्रद शेयर जारी गर्न चार कम्पनीलाई बोर्डको अनुमति 

तीन अर्ब ७७ करोडको हकप्रद शेयर जारी गर्न चार कम्पनीलाई बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको साउन महिनामा साढे तीन अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न चार कम्पनीलाई अनुमति दिएको छ । 

बोर्डले दुई हाईड्रोपावरसहित चार कम्पनीलाई तीन अर्ब ७७ करोड ८० लाख ६७ हजार ७०० रुपैयाँ बराबरको तीन करोड ७७ लाख ८० हजार ६७७ कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो । 

शिवश्री हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले साउन ४ गते आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । 

हाइड्रोपावरले हालको चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० प्रतिशत हकप्रद शेयर (१.१  अनुपातमा) निष्कासन गर्ने स्वीकृति पाएको छ । यसको अर्थ, शेयरधनीले एक कित्ता बराबर थप एक कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन् ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शिवश्री हाइड्रोपावरले साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको छ । जसअनुसार साउन १५ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको एक करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित बिद्युत उत्पादन गरिरहेको छ । कम्पनीले २२.२ मेगावाट जडित क्षमताको परियोजना निर्माणको लागि माथिल्लो चाकु ‘ए’ जलविद्युत परियोजनाको लागि उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो । २०६७ भदौ २२ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो ।

सिटि होटल लिमिटेडले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले १ः०८० को अनुपातमा हकप्रद जारी गर्न साउन ४ गते बोर्डको अनुमति पाएको हो । 

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार साउन २६ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

होटल्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डबाट साउन ९ गते अनुमति पाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता हकप्रद जारी गर्न बोर्डको अनुमति पाएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार साउन २५ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १ः१ अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर जारी गर्न साउन १५ गते अनुमति दिएको हो । 

बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ ।

हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ । बैंकको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Advertisment

थप समाचार