Below Menu
Below Menu

नेप्से परिसूचकमा सुधार, बढ्न सकेन कारोबार 

नेप्से परिसूचकमा सुधार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दाेहाेराे अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४० कम्पनीको शेयरमूल्य बढेको छ । भने ११० कम्पनीको शेयरमूल्य घटेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १३ अर्ब सात करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा थ्री स्टार हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.८९ प्रतिशतले बढेको हो । आज ट्रेड टावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

Advertisment

थप समाचार