Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौँको ‘एमएन अस्पताल’ मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौँको ‘एमएन अस्पताल’ मा विशेष छुट

काठमाडौं : मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौँको, बसुन्धरामा रहेको “एमएन अस्पताल” सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले “एमएन अस्पताल” बाट प्रदान हुने विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायती रुपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । 

बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ । 

त्यसै गरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

Advertisment

थप समाचार