Below Menu

दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरू चीनतर्फ आकर्षित

दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरू चीनतर्फ आकर्षित

एजेन्सी : विश्वव्यापी व्यापारमा देखिएको तनाव र अस्थिर अमेरिकी करका बाबजुद दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूको नजर चिनियाँ बजारमा देखिएको छ । 

Sponsored Advertisement

दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूले चिनियाँ बजारहरूमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्। दक्षिण कोरियाको दोस्रो ठूलो शहर बुसान पनि एक महत्त्वपूर्ण जहाज निर्माण शहर हो जहाँ लगभग ६० प्रतिशत साना र मध्यम आकारका जहाज निर्माताहरू छन् । उनीहरु चीनमा आफ्नो व्यापार विस्तारमा क्रियाशील छन् । 

चीनमा आफ्नो प्रतिस्पर्धा बढाउन कम्पनीहरुले एलएनजी, तरल प्राकृतिक ग्यास बोक्न कार्गो ट्याङ्की पनि विकास गरिरहेको बताएका छन् ।

‘चिनियाँ बजारमा पहुँच प्राप्त गर्नु भनेको विश्वव्यापी बजारमा पहुँच हो भन्ने कुरामा म पूर्ण रूपमा सहमत छु । हाल, चिनियाँ ग्राहकहरूसँग उत्पादन गुणस्तरको लागि धेरै आवश्यकताहरू छन्। हामी जस्ता कम्पनीहरूले लागत घटाउनु मात्र होइन, हाम्रो ब्रान्डको बजार पहिचान र प्रतिस्पर्धात्मकता बढाउनको लागि दोस्रो र तेस्रो पुस्ताका उत्पादनहरू पनि अपग्रेड गर्नुपर्छ,’ जहाज निर्माण कम्पनीका प्रवन्धक ली ग्युन–ह्युङले भने ।

कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा चीनमा १ करोड ७० लाख अमेरिकी डलर बराबरका उत्पादनहरू निर्यात गरेको छ । (सीसीटीभीप्लस)