Below Menu
Below Menu

९२.४५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, वितरणयोग्य मुनाफा कति?

९२.४५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, वितरणयोग्य मुनाफा कति?

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वित्तीय स्थितीमा उल्लेख्य सुधार देखिएको छ ।

असार मसान्तसम्म बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ९२.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज घटेका कारण नाफा उल्लेख्य सुधार आएको हो । गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन नाफा ९९.९१ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड २ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा कायम भएको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ २९ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता ९ रुपैयाँ २३ पैसा छ ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ छ। असार मसान्तसम्म बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा छ। यस अवधिमा बैंकको खराब कर्जा ३.८३ प्रतिशत रहेको छ ।

Advertisment

थप समाचार