Below Menu
Below Menu

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २५ गतेदेखि निष्कासन गरेको हकप्रदमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा १०० अंकित दरका एक करोड ४२ लाख ७९ हजार ३१२ दशलमव ४८ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । जस अनुसार गत जेठ १५ सम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । शेयरधनीहरुले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, महेन्द्रनगर र बुटवल नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार