काठमाडौं : कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार प्रतिशतले बढेको देखिएको छ।
बैंकले अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको कारण बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको हो।
यद्यपि, गत आवको प्रकाशित बैंकको वित्तीय विवरण अनुसार अघिल्लो आवमा अर्थात २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा २ अर्ब ३० करोड रुपैयाँ थियो।
असार मसान्तसम्म आइपुग्दा बैंकको इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो। अघिल्लो आवमा ६ अर्ब ८४ करोड रुपैयाँ रहेको बैंकको इम्पेरिमेन्ट चार्ज घटेर २ अर्ब ७९ करोड ६२ लाख रूपैयाँमा झरेको छ।
यस अवधिमा आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेको छ। त्यस्तै खुद फि तथा कमिसन आम्दानी २७.४४ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ५२९.८७ प्रतिशतले वृद्धि भएको छ।
बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ८९ करोड ऋणात्मक रहेको । बैंकको खराब कर्जा ६.४२ प्रतिशत रहेको छ।
नाफा जस्तै प्रतिशेयर आम्दानी पनि उल्लेख्य वृद्धि देखिएको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ पैसाबाट बढेर ८.०७ रुपैयाँ पुगेको छ। त्यस्तै मूल्य आम्दानी अनुपात २७.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२.२९ रुपैयाँ रहेको छ।
Advertisment