Below Menu
Below Menu

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड, लाभांश क्षमता कति ?

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड, लाभांश क्षमता कति ?

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड २८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ रहेको छ । सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ रहेको प्रकाशित विवरणमा उल्लेख छ।

बैंकको सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा ५ अर्ब २ करोड ९८ लाख रहेको छ । बैंकले गत आवमा थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १३.२२ प्रतिशत छ ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ४ करोड १३ लाख रुपैयाँ छ । यस अवधिमा बैंकले २ खर्ब ८० अर्ब ३२ करोड १३ लाख निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ।

२४ रुपैयाँ १० पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा छ ।  बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो आवमा २.१७ प्रतिशत रहेको खराब कर्जा बढेर २.६२ प्रतिशत पुगेको छ।

Advertisment

थप समाचार