Below Menu
Below Menu

नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा

नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाईधनीहरुलाई ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । त्यसैले साउन २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् । 

लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २७ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

 

Advertisment

थप समाचार