Below Menu
Below Menu

निर्जीवन बीमा कम्पनीहरुको व्यापार एक वर्षमा पौने ४४ अर्ब ! 

निर्जीवन बीमा कम्पनीहरुको व्यापार एक वर्षमा पौने ४४ अर्ब ! 

काठमाडौं : गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले पौने ४४ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा सुधार देखिएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत वर्षको असार मसान्तसम्म कम्पनीहरुले २८ लाख ६४ हजार ९४५ बीमालेख जारी गरी ४३ अर्ब ९५ करोड ७७ लाख बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ६.७७ प्रतिशत अर्थात दुई अर्ब ७८ करोड ७४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले २८ लाख ४९ हजार ९३४ बीमालेख जारी गरी ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

प्राधिकरणका अनुसार असारमा मात्रै कम्पनीहरुले दुई लाख ७७ हजार ६३० बीमालेख बिक्री गरी चार अर्ब ९३ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

शिखरको व्यापार साढे पाँच अर्बमाथि 

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले तीन लाख ९ हजार ८६३ बीमालेख जारी गरी पाँच अर्ब ७९ करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले तीन लाख १७ हजार १५७ बीमालेख जारी गरी पाँच अर्ब ४७ करोड दुई लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको व्यापार ३२ करोड ४० लाख अर्थात ५.९२ प्रतिशतले बढी हो ।

अन्य कम्पनीको व्यापार 

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई लाख ७९ हजार ३९८ बीमालेख बिक्री गरी पाँच अर्ब २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको भने सिद्धार्थ प्रिमियरले दुई लाख ९८ हजार ९७५ बीमालेख बिक्री गरी चार अर्ब ३१ करोड दुई लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई लाख ८० हजार ४२९ बीमालेख जारी गरी चार अर्ब १० करोड ४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको भने आईजीआई प्रुडेसिन्यलले तीन अर्ब ८६ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्सले यस अवधिमा दुई अर्ब तीन करोड ७४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै दि ओरियन्टल इन्स्योरेन्सले दुई अर्ब ७० करोड ४८ लाख रुपैयाँको व्यापार गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ३७ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।

एक वर्षमा नेको इन्स्योरेन्सले तीन अर्ब २८ करोड १८ लाख र प्रभु इन्स्योरेन्सले एक अर्ब ८६ करोड ९३ लाख, एनएलजी इन्स्योरेन्सले तीन अर्ब ६ करोड ४८ लाख रुपैयाँ र सानिमा जिआईसीले दुई अर्ब ७० करोड ३२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

असार मसान्तसम्म युनाइडेड अजोड इन्स्योरेन्सले दुई अर्ब ७८ करोड ३५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । प्राधिकरणका अनुसार यस अवधिमा नेशनल इन्स्योरेन्सले एक अर्ब ६ करोड १६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

लघु बीमाको व्यापार ९५ करोडमाथि 

प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले ९५ करोड रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले तीन लाख ७९ हजार ४३८ बीमालेख जारी गरी ९५ करोड ३८ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् । 

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी २६ करोड २८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २४ करोड ९३ लाख, स्टार माइक्रोले २२ करोड ७४ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २१ करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
 

Advertisment

थप समाचार