काठमाडौं : पल्लवी लुब्रिकेन्ट्सले सार्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित भदौं १९ गते वार्षिक साधारणसभा बोलाएको छ ।
उक्त सभा कम्पनीको दर्ता कार्यालय कटहरी गाँउपालिका–४ मोरङमा बिहान १२ बजे शुरु हुनेछ । सभाले गत आवको वित्तीय विरण वासलात, नाफा नोक्सान हिसाब, शेयर पुँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरणलगायतमा छलफल गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने र आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन गरी संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment