काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले १० अर्ब रुपैयाँ बराबरको २८ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो छ । उक्त ट्रेजरी बिलमध्ये २८ दिने ट्रेजरी भदौं २४ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ साउन २६ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले साउन २६ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि साउन १९ गते दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment