काठमाडौं : सिद्धार्थ क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।
सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले २० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले १७ प्रतिशत करसहित प्रतिफल वितरण गर्ने भएका छन् ।
गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् ।
Advertisment