Below Menu
Below Menu

मितेरी डेभलपमेन्ट बैंकले घटायो खराब कर्जा, लाभांश क्षमता १२.८३ प्रतिशत

मितेरी डेभलपमेन्ट बैंकले घटायो खराब कर्जा, लाभांश क्षमता १२.८३ प्रतिशत

काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा बैंकले २५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानीघटेसँगै खुद नाफा प्रभावित भएको हो । यद्यपी बैंकको बैंकको खराब कर्जामा भने उल्लेख्य सुधार देखिएको छ । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११६.६० प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १७.५१ प्रतिशतले घटेको छ।

अघिल्लो आवको अन्त्यमा ०.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.५८ प्रतिशतमा झरेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ भने बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत रहेको छ । 

यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी १०.७१ रुपैयाँ रहेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात ६४।२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१.११ रुपैयाँ रहेको छ। 

असार मसान्तसम्म एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिर्टन्ड अर्निङ १५ करोड ६१ लाख रुपैयाँ र जगेडा कोषमा ३४ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।

Advertisment

थप समाचार