Below Menu
Below Menu

नबिल बैंकको नाफा सवा ७ अर्ब, लाभांश दिने क्षमता ५४.८७ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता?

नबिल बैंकको नाफा सवा ७ अर्ब, लाभांश दिने क्षमता ५४.८७ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता?

काठमाडौं : नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार आव २०८१/८२ मा बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षभन्दा १५.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने  आव २०८१/८२ मा १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । 

बैंकको वितरणयोग्य नाफा ५४.८७ प्रतिशत बढेर ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८ करोड २९ लाख ४ हजार रुपैयाँ थियो ।

गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ६१ लाख ६३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३.४१ प्रतिशत बढेर २१ अर्ब ५१ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख ५० हजार रुपैयाँ रहेको छ ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ३.४४ रुपैयाँ बढेर २६.३४ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.५५ गुणा छ ।

बैंकको खराब कर्जा ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ । बैंकको रिटर्न अन इक्विटी ११.६४ प्रतिशत छ ।

२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँ छ।

Advertisment

थप समाचार