काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.१६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ भने र नाफा सामान्य बढेको हो । कम्पनीको विद्युत् बिक्री आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो ।
यस अवधिमा कम्पनीले बिजुली बेचेर एक अर्ब १२ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस्तो आम्दानी ०.८१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट एक अर्ब ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै अघिल्लो वर्ष १६ करोड आठ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय आम्दानी घटेर १३ करोड ४० लाख रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३.६१ प्रशिततले बढेको छ भने अन्य आम्दानी ४५३.२९ प्रतिशतले बढेको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७६ पैसा घटेर ७ रुपैयाँ ७४ पैसा झरेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६०.७० गुणा रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा ८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।
Advertisment