Below Menu
Below Menu

बाढिपहिरोको उच्च जोखिममा ओलेना बस्ती, स्थानान्तरणको पर्खाइमा स्थानीय 

बाढिपहिरोको उच्च जोखिममा ओलेना बस्ती, स्थानान्तरणको पर्खाइमा स्थानीय 

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका ४ मा रहेको ओलेना बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नदीको कटानले बस्ती उच्च जोखिममा परेको हो ।

वर्षायाम सुरु भए लगत्तै बाढी र पहिरोको त्रासमा यहाँका स्थानीय रात कटाउन बाध्य रहेका छन् । बाढिपहिरोबाट यहाँका करिब दुई दर्जन परिवार विस्थापित हुने अवस्थामा छन् । 

बस्ती स्थानान्तरणको पर्खाइमा रहेका यहाँका स्थानीयको आशा अधुरै रहेको छ । बर्षाैदेखि बस्ती बाढि पहिरोको उच्च जोखिममा रहेको भए पनि स्थानान्तरण भने हुन सकेको छैन् । ओलेना बस्ती एक उदाहरण मात्रै हो । बाजुराका कयौं घर बस्ती बाढिपहिरोको जोखिममा छन् । बाजुराका करिब १३५ बढि गाउँ बस्ती उच्च जोखिममा छन् जो स्थानान्तरणको पर्खाइमा पर्खिएका छन् ।

२०७७ साल साउन २५ गते बुढिगंगा नदीमा आएको भीषण बाढीले ओलेना बस्तीको ठुलो भाग कटान गर्दै दर्जनौँ घरहरूलाई उच्च जोखिममा पारेको थियो । त्यति मात्रै नभई गौमुल गाउँपालिकाका कयौं घर बस्ती,बडीमालिकाको जुगाडा, भौनेरा, घागर लगायतका बस्ती जोखिममा परेका थिए ।

त्यो बेला बाढीबाट भएको क्षतिको अवलोकन गर्न हेलिकप्टर मार्फत ओलेना लगायत बस्तीमा आएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तत्कालै बस्ती स्थानान्तरण गरिदिने आश्वासन दिए पनि पाँच वर्ष पुग्दा समेत कार्यान्वयन भएको छैन् । 
 

Advertisment

थप समाचार