Below Menu
Below Menu

मुक्तिनाथ कृषि कम्पनीको नाफा ३६२.४९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि 

मुक्तिनाथ कृषि कम्पनीको नाफा ३६२.४९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि 

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा  १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६२.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेका कारण नाफामा वृद्धि भएको हो । यसका साथै कम्पनीको वित्तीय खर्च घटेका कारण पनि नाफामा उल्लेख्य सुधार आएको हो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको कुल आम्दानी ४७.२१ प्रतिशतले बढेर २५ करोड ६६ लाख रुपैयाँमा पुगेको छ । 

त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी ८.४६ प्रतिशतले बढेर ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन खर्च १४.५५ प्रतिशतले घटेको छ।

यस अवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ३.११ रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी ११.२६ रुपैयाँले बढेर १४.३६ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १०४.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा रहेको छ।

असार मसान्तसम्म ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा ६ करोड ३२ लाख रुपैयाँ रहेको छ।

Advertisment

थप समाचार