Below Menu
Below Menu

वित्तीय खर्च बढ्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

वित्तीय खर्च बढ्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४६ करोड नौ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी घटेसँगै नाफा प्रभावित भएको हो । यसका साथै कम्पनीको कुल खर्च बढेका कारण पनि नाफामा असर परेको हो ।

इन्स्योरेन्सको कुल आम्दानी १२.५० प्रतिशतले बढेर तीन अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १७.४७ प्रतिशतले बढेर २ अर्ब ५४ करोड २८ लाख रुपैयाँमा पुगेको छ । साथै अघिल्लो वर्ष अभिकर्ता कमिसनमा ३ करोड ८२ लाख रुपैयाँ खर्चिएको कम्पनीले गत वर्ष ५ करोड ६८ लाख रुपैयाँ मात्रै खर्चिएको छ। 

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २८.६४ प्रतिशतले घटेर ३४ करोड २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ४७ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै यस अवधिमा आइपुग्दा कम्पनीको बीमाकोषको आकार ४.१३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष कम्पनीको बीमाकोषको आकार ६ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा गत वर्ष बढेर ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

साथै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी रकम पनि २७.९५ प्रतिशतले बढेर तीन अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । साथै यस अवधिमा कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २२.८६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले एक अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असार मसान्तसम्म आइपुग्दा नाफा सँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस २.२० रुपैयाँ घटेर १५.३७ रुपैयाँ पुगेको छ । त्यस्तै इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४७.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२३९ रुपैयाँ १२ पैसा रहेको छ।

असार मसान्तसम्म दुई अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती कोषमा २२ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ६५ लाख र ५० करोड २२ लाख रुपैयाँ रहेको छ। 

Advertisment

थप समाचार