मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासन गर्न आयोगको अनुमति

मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासन गर्न आयोगको अनुमति

काठमाडौं : मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ६६.४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ । १२५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सैद्धान्तिक सहमति माग गरेको कम्पनीलाई विद्युत नियमन आयोगले यस्तो अनुमती दिएको हो ।

Sponsored Advertisement

कम्पनीको चुक्तापूँजी ६४ करोड ६७ लाख ६७ हजार १०० रुपैयाँ मध्ये कम्पनीले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ ३० पैसा बराबरको हकप्रद शेयर निष्कासन गर्न आयोगबाट अनुमति प्राप्त गरेको हो । अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन प्रक्रिया अघि बढाउनेछ ।

हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । २ दशमलव ९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको निर्माणका लागि समेत लिएको कर्जा भुक्तानीका लागि कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
 

थप समाचार