काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला साखाहरुले भूमिहिन, दलित र अब्यवस्थीत बसोवासीको समस्या समाधान गर्न क्रियासिल रहेको बताएका छन् । केहि महिनाभित्रै लाखौंले लालपुर्जा पाउने गरी काम भइरहेको मन्त्री अधिकारीको भनाई छ ।
भूमि समस्या समाधान आयोग केन्द्रिय कार्यालयले आयोजना गरेको बार्षिक समिक्षा गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले भूमि समस्या समाधानका लागि यो आयोग नै अन्तिम हुने र यसले सबै खाले समस्याको हल गर्ने दावी गरे ।
राजनीतिक चेपुवामा परेर धेरै पटक आयोग बन्ने, बिघटन हुने श्रृङ्खला चलिरहेकोमा बर्तमान सरकारले आयोगलाई स्पष्ट निर्देशन सहित बिघटन नहुने र सबै समस्या हल गर्ने गरी जिम्मेवारी प्रदान गरेको स्मरण गरे । २०८१ साल काक्तिक १३ गते गठन भएको यो आयोगले ८ महिनाको समयमा ७७ जिल्लामा शाखा खोल्ने, भूमिहिनको लगत संकलन गर्ने र लालपुर्जा बितरणको काममा समेत ध्यान दिएको बताए ।
कार्यक्रममा प्रधानमन्त्री के.पी. शर्मा ओलीले भूमि समस्या समाधानका लागि मन्त्री अधिकारीले बिशेष पहलकदमी लिएको भन्दैं आफुले गोष्ठिको उद्घाटन नगरी मन्त्री अधिकारीमार्फत समुद्घाटन गराएका थिए । कार्यक्रममा सबैलाई लालपुर्जा दिएर इतिहास रच्न प्रधानमन्त्रीले सबैलाई निर्देशन समेत दिए ।
आयोगका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षतामा भएको गोष्ठिमा सात वटै प्रदेशका भूमिब्यवस्था मन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री रमेश लेखक, ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुलगायतको सहभागीता रहेको थियो ।
Sponsored Advertisment