Below Menu
Below Menu

लक्ष्मी सन्‌राइज बैंकको नाफा ४ अर्ब ११ करोड, लाभांश क्षमता १२.३४ प्रतिशत

लक्ष्मी सन्‌राइज बैंकको नाफा ४ अर्ब ११ करोड, लाभांश क्षमता १२.३४ प्रतिशत

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण बैंकले ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ रहेको छ । नाफा कमाएको छ । याे नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढी हाे । अघिल्लो आवको सोही अवधिमा बैंकले नाफा २ अर्ब ९२ करोड ३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको इम्पेरमेन्ट चार्ज घटेका कारण नाफा बढ्न सहयोग पुगेको छ । इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड ८० लाख ६० हजार रुपैयाँबाट घटेर १ अर्ब १८ करोड २ लाख ४६ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी बढेको छ भने कुल सञ्चालन आम्दानी घटेको छ ।

बैंकको सञ्चालन नाफा ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १२.३४ प्रतिशत छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ ।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४ करोड १ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

Advertisment

थप समाचार