Below Menu
Below Menu

खराब कर्जा घट्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले बढ्यो, वितरणयोग्य मुनाफा धनात्मक 

खराब कर्जा घट्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले बढ्यो, वितरणयोग्य मुनाफा धनात्मक 

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा तीन अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले  दुई अर्ब ५५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको इम्पेरिमेन्ट चार्ज र खराब कर्जा घटेका कारण पनि नाफामा वृद्धि देखिएको हो । । गत वर्ष एक अर्ब १४ करोड ६४ लाख रुपैयाँ रहेकोे बैंकको इम्पेरिमेन्ट चार्ज घटेर ७१ करोड ३२ लाख रुपैयाँमा झरेको छ । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७२.८८ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ११.२४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३१.५९ प्रतिशत बढेको छ।

अघिल्लो आवको अन्त्यमा ४.२८ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ३.५९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एक अर्ब २२ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ।

यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। असार मसान्तसम्म बैंकको आम्दानी ८.०९ रुपैयाँले बढेर २४.४१ रुपैयाँ पुगेको छ। त्य

यस अवधिसम्ममा बैंकले ५ खर्ब १७ करोड ३९लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ९४ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । असार मसान्तसम्म १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३७ अर्ब ७४ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

Advertisment

थप समाचार