Below Menu
Below Menu

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुको लाभांश घोषणा, कुनको कति ? 

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : सानिमा क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।

सानिमा गा्रेथ फण्डले १५.७९ प्रतिशतका दरले हुन आउने १० करोड ६१ लाख ८९ हजार ३५७ दशलमव ८९ रुपैयाँ र सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशतका दरले हुन आउने २५ करोड २६ लाख ३१ हजार ५७८ दशलमव ९५ रुपैयाँ बराबरको करसहित नगद लाभांश दिने घोषणा गरेका हुन् । 

गत बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् । 

प्रतिफल वितरण प्रयोजनका लागि फण्डहरुले भदौ ६ गते इकाईधनी दर्ता किताब बन्द गने भएक छन् । जसअनुसार भदौ ५ गतेसम्म कायम ईकाईधनीहरुले मात्र फण्डको प्रतिफल पाउनेछन् । 

Advertisment

थप समाचार