Below Menu
Below Menu

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६२ अंकले बढेर २७८८ बिन्दुमा पुगेको छ । लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अ‌ंक बढेको हो ।

आज १०८ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ । आज ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४१ करोड, वलेफी हाइड्रोको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २२ करोड र साहस उर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Advertisment

थप समाचार