Below Menu
Below Menu

वाणिज्य बैंकहरूको नाफा साढे ७१ अर्ब रुपैयाँ, नबिल पहिलो हुँदा एनआईसी एशिया अन्तिम

वाणिज्य बैंकहरूको नाफा साढे ७१ अर्ब रुपैयाँ, नबिल पहिलो हुँदा एनआईसी एशिया अन्तिम

काठमाडौं : वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकहरु (२० वटै)ले ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए।

४ वटा बैंकको नाफा घटेको छ भने बाँकी १६ वटा बैंकको नाफा बढेको छ । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा छ । नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो । 

नाफा घट्ने बैंकहरूमा स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।  सबैभन्दा धेरै नाफा घट्ने बैंकमा एनआईसी एशिया रहेकाे छ । बैंकको गत वर्ष नाफा ७६.९६ प्रतिशत घटेर १६ करोड १५ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ७० करोड १४ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Advertisment

थप समाचार