Below Menu
Below Menu

१२ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको खराब कर्जा, हिमालयनको सर्वाधिक 

१२ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको खराब कर्जा, हिमालयनको सर्वाधिक 

काठमाडौं : बजारमा देखिएको आर्थिक शिथिलताको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिएको छ । मन्दीका कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको हो ।

गत आर्थिक वर्षका असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको खराब कर्जा १२.९२ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणमा गत आवको चौथो त्रैमाससम्म बैंकहरुको खराब कर्जा औषतमा ०.४८ प्रतिशतले बढेको हो । 

आव २०८१/८२ को असार मसान्तसम्म आइपुग्दा १३ वटा बैंकहरुको खराब कर्जा बढेको छ भने सात बैंकको खराब कर्जा घटेको छ । यस अवधिमा एनआईसी एशिया बैंकको खराब कर्जा सर्वाधिक बढेको छ ।

अघिल्लो आवमा ३.४५ प्रतिशत रहेको एनआईसी एशियाको खराब कर्जा २.८३ प्रतिशतले बढेर ६.२८ प्रतिशत पुगेको छ । 

त्यस्तै यस अवधिमा प्राइम कमर्सियल, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन बैंक र एनआईसी एशयिा बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा माथि रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा नबिल बैंक, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट बैंक र कृषि विकास बैंकले भने खराब कर्जा घटाएका छन् । 
 

Advertisment

थप समाचार