Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज घट्दा गरिमा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ? 

इम्पेरिमेन्ट चार्ज घट्दा गरिमा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं  : गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ३१ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०१ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ४३ करोड ३९ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको इम्पेरिमेन्ट चार्ज र खराब कजर्ना घटेका कारण पनि नाफामा वृद्धि देखिएको हो । अघिल्लो वर्ष एक अर्ब ७१ करोड १० लाख रुपैयाँ रहेको बैंकको इम्पेरिमेन्ट चार्ज घटेर ५३ करोड ७९ लाख रुपैयाँमा झरेको छ । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.७७ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १२.३८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९५ प्रतिशत बढेको छ।

अघिल्लो आवको अन्त्यमा ४.८५ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ४.७२ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य नाफा ७१ करोड ४९ लाख ७८ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य आम्दानी अर्थात लाभांश क्षमता १२.५८ प्रतिशत रहेको छ । 

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (इपीएस) २३.०७ रुपैयाँ रहेको छ । त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १८.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४.१७ रुपैयाँ रहेको छ।

यस अवधिसम्ममा बैंकले एक खर्ब ९ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९१ अर्ब ९० करोड ७३ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । असार मसान्तसम्म ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ४१ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

Advertisment

थप समाचार