Below Menu
Below Menu

आजदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर 

आजदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले भदौं महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साउन महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार आठ बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै अन्य बैंकहरुले ब्याजदर यथावत राखेका छन् भने साउनको तुलनामा भदौंका प्रभु बैंकको ब्याजदर बढेको छ ।

भदौंका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.५७ प्रतिशत रहेको छ । साउनमा यस्तो ब्याजदर औषत ५.६९प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.१२ बिन्दुले घटेको छ ।

त्यस्तै संस्थागतर्फ साउनका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ३.९६ प्रतिशत विन्दुमा झरेको छ । साउन यस्तो ब्याजदर ४.११ प्रतिशत रहेको थियो । संस्थागत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.१५ प्रतिशत बिन्दुले घटेको हो । 

ब्याजदर बढाएको प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.३५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । 

ब्याजदर घटाउने बैंकहरु 

भदौंका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक रहेका छन् । 

कृषि विकास बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.०२ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.२ प्रतिशत र संस्थागत तर्फ २.८५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै कुमारीले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.४ प्रतिशतले घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२१ प्रतिशत र संस्थागत तर्फ ४.०१ प्रतिशत ब्याज दिने भएको छ ।

एभरेष्ट बैंक व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत ब्याज दिने भएको छ । सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ३.७५ प्रतिशत ब्याज दिने भएको छ । 

प्रकाशित नयाँ ब्याजदर अनुसार लागि सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ भने र नेपाल एसबीआई बैंकल व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ ।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.१३ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ । 

ब्याजदर यथावत राखेका बैंकहरु 

भदौंका लागि एनएमबी बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएका छन् भने । 
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ३.१ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तैनेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । 

नयाँ ब्याजदर अनुसार नेपाल बैंकले व्यक्तिगत तर्फ ५.४ प्रतिशत र संस्थागत तर्फ ३.७५ प्रतिशत ब्याज दिने भएको छ भने राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ । 

सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ । नबिल बैंकले साउनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ । 

भदौंका लागि ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ भने र 
 

Advertisment

थप समाचार