काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरस्थित नेपाल हृदय रोग निवारण प्रतिष्ठानलाई १ थान ईसीजी मेसिन हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानको भवनमा एक कार्यक्रमको बीच करिब एक सय जनाको उपस्थितिमा उक्त मेशिन हस्तान्तरण गरिएको हो । कार्यक्रममा बालकृष्ण तुलाधरले सभापतित्व गरेका थिए भने फर्स्ट माइक्रोफाइनान्स संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेल प्रमुख आतिथ्यता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले फर्स्ट माइक्रोफाइनान्सले वित्तीय पहुँचसँगै शिक्षा, स्वास्थ्य र सामुदायिक विकास क्षेत्रमा सातै प्रदेशमा निरन्तर योगदान पुर्याउँदै आएको बताए।
साथै, उनले ईसीजी मेसिनको प्रयोगबाट हृदयघात रोगबाट पीडित बिरामीहरूले समयमै परीक्षण तथा उपचार पाउने विश्वास व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका गतिविधि आगामी दिनहरूमा पनि जारी रहने बताए।
कार्यक्रमको समापन गर्दै सभापति तुलाधरले ईसीजीमेसिनको उपलब्धताले हृदय रोग परीक्षण गर्न सरल हुने र बिरामी उपचारमा सहजता आउने विश्वास व्यक्त गरेका थिए।
Advertisment