९५.४९ प्रतिशत घर परिवारका सदस्य विकूमा आवद्ध
गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्थाले गैंडाकोट नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ (साविक मुकुन्दपुर गा.वि.स.) लाई पूर्ण विकू सदस्य वडा घोषणा गरेको छ ।
सोमबार संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित एक भव्य समारोह बीच गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले चार वटा वडालाई पूर्ण विकू सदस्य वडा घोषणा गरेका हुन् ।
गैंडाकोट वडा नम्बर १०, ११, १२ र १३ मा ३ हजार ९ सय घरधुरी रहेकोमा ३ हजार ७ सय ७४ घरधुरीका सदस्य अर्थात् ९५ दशमलब ४९ प्रतिशत घर परिवारका सदस्य संस्थामा आवद्ध भएका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले विकूले जनतालाई दिएको सेवा प्रभावकारी रहेको बताए । उनले सहकारी जनताको दुःखकष्टको साथी रहेको बताए । जनताको दुःख, सुःख, समस्या, ऋण धन, बालबालिका पढाउन, शिक्षा, स्वाथ्य होस् वा रोजगारमूलक व्यवसाय गर्न नै किन नहोस् विकू सहकारीले माइती घरको भूमिका गरीरहेको बताए।
.jpg)
विकू विश्वासिलो र गर्विलो संस्था भएको साथै नगरपालिकाले आगामी दिनमा पनि सहकार्य समन्वय र अन्तरक्रिया गर्दै अगाडी बढ्ने बताए। उनले विकूमार्फत विपन्न वर्गले पनि आफ्नो जीवनस्तर उकास्न पाएको बताए।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैर वित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउने खालका कार्यक्रम गरिने बताए। विकू सदस्य वडा घोषणापछि वित्तीय साक्षरता तालिम, सहुलियत दरमा ऋण लगानी, सचेतना, व्यवसायिक तालिम, योग ध्यानका शिविर, प्लास्टिकरहित घर, योजना निर्माणमा सहयोग, खेलकुद र युवा कार्यक्रम, दीर्घ रोगको उपचारमा सहयोग लगायतका कार्यक्रम गर्ने बताए।
कार्यक्रममा हर्कपुर सेवा केन्द्र संयोजक गुरुदत्त सुवेदी, गैडाकोट वडा नं. १० का वडाध्यक्ष देविदत्त कंडेल, वडा नं.११ का वडाध्यक्ष गोविन्द प्रसाद सुवेदी, वडा नं.१२ का वडाध्यक्ष चक्रपाणी कंडेल र वडा नं. १३ का वडाध्यक्ष मधुकर मल्ल, विकूका पूर्वउपाध्यक्ष यमुनाथ आचार्य, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुबेदी, पुर्व अध्यक्ष एवम् नेफ्स्कून लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योती पौडेल, निवर्तमान अध्यक्ष ओम प्रसाद सापकोटा, संस्थापक अध्यक्ष खेमराज सापकोटा, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न शैक्षिक तथा सामाजिक व्यक्तित्व, ज्येष्ठ नागरिक, विभिन्न वडाका वडा सदस्य, विभिन्न संघ सस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ का ११८ जना ज्येष्ठ अग्रज नागरिकहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा कृष्ण मन्दिर ज्येष्ठ नागरिक चौतारी समुहलाई ज्येष्ठ नागरिक गृह निर्माण गरी हस्तान्तरण समेत गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गरेका थिए ।
संस्थाले यस अघि गैंडाकोट वडा नं. ९, मध्यविन्दु वडा नं. १ लाई पूर्ण विकू सदस्य वडा घोषणा गरिसकेको छ ।
Advertisment